१३ बैशाख २०८१, बिहीबार
Follow Us

राँगाको ९ जर्किन रगत पाेख्ने ९ जना पक्राउ

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १२:५६

काठमाडौं । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ जर्किन रगत पाेख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले जर्किनमा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको बताए ।

उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।