१५ चैत्र २०८०, बिहीबार
Follow Us

युरोप भ्रमणमा फर्किएर ओलीले भने– गुठी विधेयक सच्चिन्छ

नेपालब्रिटेन डट कम्
१ असार २०७६, आईतवार ०८:४१

काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

ओलीले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

उनले अघि भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’
जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् ।