७ बैशाख २०८१, शुक्रबार
Follow Us

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७६/०७७ को बजेट सार्वजनिक (पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
१ असार २०७६, आईतवार १६:४०

पोखरा – गण्डकी प्रदेश सरकारले पर्यटन, पुर्वाधार, उर्जा र कृषिलार्ई मुख्य प्राथमिकता दिँदैे आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा वैठकमा ३२ अर्ब १३ बजेट ४७ लाख ९२ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई प्राथमिकता दिदै बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारले चालु अर्थिक बर्षमा २४ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख र पुजीँगत खर्चतर्फ १९ अर्ब ८४ कारोड ९० लाख बजेट बिनियोजन गरेको छ । कुल बजेटमा पँुजिगत तर्फ ६३ प्रतिशत र चालु तर्फ ३८ प्रतिशत रहेको छ ।
नेपाल सरकार बाट समानिकरण अनुदान ७ अर्ब ११ कारोड २२ लाख, शसर्त अनुदान ५ अर्व ३५ कारेड १६ लाख र समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, राजस्व बाँडफाड बाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लाख, रोयल्टी बाट ४० कारोड प्रदेश सरकारको संचित कोषमा संकलन हुने अर्थमन्त्री गुरुङले बताए ।
आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख उठाउने सरकारको लक्ष्य छ ।
बजेटमा अनुदान र आन्तरीक राजस्वबाट संकल वाहेक ६ अर्ब ७३ करोड, ८३ लाख ९२ हजार न्यून हुने छ । अपुग रकम पुर्ती गर्न चालु आर्थिक वर्षको बचत बाट ४ अर्ब ८० करोड थप हुने छ । १ अर्ब ९८ कारोड ८३ लाख ९२ हजार आन्तरिक ऋणबाट उठाउने र नेपाल सरकार बाट १ अर्ब ऋण लिने मन्त्री गुरुङले बताए ।

बजेट पूर्णपाठ