१२ बैशाख २०८१, बुधबार
Follow Us

राजधानीको टोखामा आगलागी

नेपालब्रिटेन डट कम्
१ असार २०७६, आईतवार १७:१२

काठमाडौं– राजधानीको टोखामा आइतबार साँझ आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो ।
आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका आधा दर्जन सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए ।
उनका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।