१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेको निर्वाचनमा मिडल्याण्डबासी एक ढिक्का (भिडियो)

नेपालब्रिटेन डट कम्
१ असार २०७६, आईतवार २२:१५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर महिनाको दोस्रो साता हुने निर्वाचन मिडल्याण्डबासी एक ठिक्का भएर प्रस्तुत हुने भएका छन् ।
आसन्न निर्वाचनमा मिडल्याण्ड अन्तर्गत पिटरबरो, लेस्टर, नोटिंघम, ननिटन, गरामथान, डार्वी, ओल्वनह्याम्टन, बर्मिघन र क्यामब्रिजशायरको प्रतिनिधित्व गर्ने ७ वटा संस्थाले संयुक्त रुपमा आफ्ना साझा उम्मेदवारहरुको घोषणा गर्दै एक ढिक्का भएर जाने निर्णय गरेका हुन् ।

मिडल्याण्ड, क्यम्ब्रिजशायर एंव लिंकनशायर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहलमा समाजसेवी दयानिधी सापकोटालाई संघको केन्द्रिय सदस्य (आइसीसी सदस्य) मा उम्मेदवारको रुपमा अघि सारिएको छ । लेस्टर समाजबाट पशुपति पोखरेल उपाध्यक्षमा, कृष्ण ढकाललाई सचिव, सहकोषाध्यक्षमा बिष्णु चालिसे, सदस्यहरुमा कृष्ण पौडेल, गोमा पौडेल, कृष्ण खनाल र निर्पेश उप्रेतीलाई एनआरएन युकेको सदस्यको उम्मेदवारको रुपमा अगाडि सारिएको छ।

साझा नेपाली समाजका निर्वमान अध्यक्ष रण बहादुर केसीले सबैको सहयोगमा उम्मेदवार तय गरेको र एनआरएन यूकेलाई लण्डनमा मात्र सिमित नराखी पूरै यूके भरी बस्ने नेपालीहरूको साझा संस्था बनाउने यो एउटा महत्वपू्र्ण थालनी भएको बताए । उनले सबै पक्षको सहयोगको लागि आग्रह गरे ।

समाजका अग्रज दयानिधी सापकोटाले विगतको पाठ सिकेर सबै पक्षलाई मिलाएर जाने उदेश्यले समाजमा आन्तरिक सहमति भएको वताए ।

यस्तै उपाध्यक्षका लागि उम्मेदवार पशुपति पोखरेलले एनआरएन युकेको निर्वाचनमा एक ठिक्का भएर प्रस्तुत हुन मिडल्याण्डवासीलाई आग्रह गरे ।

सहकोषाध्यक्षका उम्मेदवार कृष्ण चालिसेले मिडल्याण्ड अहिले एनआरएन चुनावमय भएको भन्दै सदस्यता वितरणलाई तिब्र पारिएको वताए ।

फेसबुकबाट हेर्नुहोस्

मिडल्याण्डवासीहरुको प्रतिनिधित्व गर्ने उम्मेदवारहरुले सोमबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना योजना सहित औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।