१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१ असार २०७६, आईतवार २२:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को महिला संयोजकमा मिडियाकर्मी तथा एनआरएन अभियन्ता संगिता मरहट्टाले उम्मेदवारी दिने भएकी छिन् ।

आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको नवौं विश्वसम्मेलन तथा महाधिवेसनमा महिला संयोजकका लागि मरहट्ठाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी अहिले एनआरएन युरोप क्षेत्रिय महिला उपसंयोजक हुन् ।

‘एनआरएन अभियानमा प्राप्त गरेको अनुभव र क्षमताका आधारमा आफुले महिला संयोजकमा उम्मेदवारी दिन् लागेको मरहट्ठाले नेपालब्रिटेन डट कमलाई बताइन् । मरहट्ठाले भनिन् ‘एनआरएनको महिला उपसंयोजकको रुपमा सफलता पूर्वक आफ्नो कार्य सम्पन्न गरे अब म संयोजक भएर काम गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।’

उनले महिला संयोजकको जिम्मेवारी पाए महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढि उजागर गर्ने र उनीहरुलाई उद्यमशिल बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बनाउने लक्ष्य राखेकी छन् ।

मरहट्ठाले एनआरएन बेलायतमा सचिव, महिला संयोजक लगायतका महत्वपुर्ण पदमा रहेर काम गरिसकेकी छिन् ।

एनआरएन यूकेको महिला संयोजक रहंदा मरहट्ठाले पहिलोपटक बेलायतमा एनआरएनको तर्फबाट नारी दिवस मनाउन सुरु गराएकी थिईन् ।

पछिल्लो १८ वर्षदेखि बेलायतमा बस्दै आएकी मरहट्ठा एनआरएनको संस्थापन कालदेखि नै यसमा आबद्ध रहेर सक्रिय रहंदै आएकी छिन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित उनी पत्रकारिताको क्षेत्रमा समेत क्रियाशिल छिन् । बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी मरहट्ठाले नेपालमा पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेकी थिइन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयबाट रेडियो डिप्लोमा समेत पूरा गरेकी उनले बिबिसी नेपाली सेवा, रेडियो सगरमाथा लगायतका प्रतिष्ठित मिडियामा काम गरिसकेकी छिन् । अहिले पनि उनले नियमति रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु प्रकाशन गराउंदै आएकी छिन् । उनी सेतोपाटी डट कमको कोलमिस्ट समेत हुन् ।