७ बैशाख २०८१, शुक्रबार
Follow Us

पेट्रोलको मूल्य घट्यो

sarusaru
२ असार २०७६, सोमबार ०२:४३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौंको पेट्रोलको १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेलको ९६.५० रुपैयाँ प्रतिलिटर भएको छ। उनले हवाई इन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको जानकारी दिए।
अन्नपूर्ण पोष्ट