१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगरमाथा नाप्ने कार्की र पत्रकार गौतम सम्मानित

sarusaru
२ असार २०७६, सोमबार ०२:४८

बागलुङ – जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर राष्ट्रिय स्तरमा आफ्नो छवि कायम गर्न सफल भएको भन्दै यहाँको एक संस्थाले सगरमाथा मापन सदस्य रविन कार्की तथा बागलुङ जिल्लामा क्रियाशिल पत्रकार खेमराज गौतम सुवासलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छ ।

सृजनशिल सामुदायीक आमा समूह बागलुङ नगरपालिका–८ सायँकोटले सोही स्थानमा जन्मेर नेपालले पहिलोपटक मापन गर्न लागेको सगरमाथाको सकुसल उचाई मापनमा सहभागी भएका कार्की प्रति गौरवान्वित भएको भन्दै सम्मान गरेको हो भने बागलुङ जिल्लामा क्रियाशिल रही आफ्नो गाउँको विकास तथा प्रबद्र्धनमा प्रत्रकारीता मार्फत उल्लेख्य योगदान पु¥याएको भन्दै पत्रकार गौतमलाई सम्मान गरिएको सृजनसिल आमा समूहका अध्यक्ष डिल कुमारी कार्कीले जानकारी गराइन ।

सायकोटमा जन्मेर गाउँको नाम चिनाउन सफल भएको भन्दै आमासमूहले आरोही कार्की र पत्रकार गौतमलाई सम्मान गरिएको समूहका अध्यक्ष कार्कीले बताइन । सम्मान कार्यक्रममा बोल्दै सगरमाथा मापन सदस्य रविन कार्कीले आरोहणका क्रममा भोगेका दुःख पीडालाई जन्मस्थानको सम्मानले विर्साएको बताएका थिए । यस्तै पत्रकार गौतमले गाउँको प्रबद्धनका लागि खाफूले खेलेको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका–८ का वडा सदस्य प्रेम बहादुर जि.सी, भिम बहादुर कार्की लगायतले शूभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थियो । कार्यक्रम आमा समूहका अध्यक्ष डिल कुमारी कार्कीको अध्यक्षता, गोविन्द प्रसाद गौतमको स्वागत तथा समाजसेवी भद्र बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मानीत व्यक्तित्व कार्की र गौतम सहपाठी समेत हुन् । नापी विभागमा नापी अधिकृतको रुपमा कार्यरत कार्की सहितको टोलीले यही जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी उचाईको तथ्याङ्क संकलन गरी फर्किएको थियो । यस्तै जिल्लामा लामो समयदेखि क्रियाशिल पत्रकार गौतम धोलागिरि जागरण दैनिक तथा अग्रसर साप्ताहिकको सह–सम्पादक र राष्ट्रिय समाचार समितिको बागलुङ जिल्लाको समाचारदाताको रुपमा कार्यरत छन ।
जनमञ्च