१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इन्द्रसरोवरमा डुबेर एक युवक बेपत्ता

sarusaru
२ असार २०७६, सोमबार ०२:५६

हेटौँडा । कुलेखानी जलाशयको इन्द्रसरोवरमा डुबेर आइतबार एक युवक बेपत्ता भएका छन् ।

जेभियर इन्टरनेशनल कलेज काठमाडौँमा बीएसडब्ल्यु प्रथम वर्षमा अध्ययनरत काठमाडौँ अनामनगरका २४ वर्षीय स्वराज भेटवाल आइतबार दिउँसो १ बजेतिर इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा बेपता भएका हुन् ।

भेटवालको खोजी दिनभरि गरे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको खोजीमा नेपाल प्रहरी र स्थानीय पौडीवाजहरुले दिनभरि तालको धेरैजसो स्थानमा खोजी गरेका थिए ।

दिनभरि खोज्दा पनि नभेटिएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अब सोमबार बिहानैबाट खोज्ने भन्दै खाजी कार्य स्थगित गरेको छ ।

काठमाडौँबाट २८ जना विद्यार्थी र दुई शिक्षकसहित इन्द्रसरोवरमा शैक्षिक भ्रमणमा आएका थिए । एक शिक्षकसहित भेटवालका ५ जना साथीहरु इन्द्रसरोवरमै रहेका छन् भने बाँकी विद्यार्थी काठमाडौँ फर्केको प्रहरीले जनाएको छ । गतवर्ष पनि इन्द्रसरोवरमा पौडी खेल्नेक्रममा २ जनाको मृत्यु भएको थियो ।
चितवन पोष्ट