८ बैशाख २०८१, शनिबार
Follow Us

समवेदना दिएर ओम अस्पताल मुक्त

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०३:०१

चार दिनअघि ओम अस्पतालमा पित्तथैलीको पत्थरीको उपचारका क्रममा मृत्यु भएकी महिलाको सहमतिपछि शव उठाइएको छ ।

आइतबार पीडित पक्षलाई अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएको ओम अस्पतालले जनाएको छ । उक्त सहमतिपछि आफन्तले रामप्यारी थापाको शव बुझेका छन् ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा वार्ता भएको थियो ।

सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको ओम अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

पीडित पक्षले अस्पताल परिसरमा ४ दिनदेखि धर्ना दिँदा अरु बिरामीलाई समेत असर परेको भन्दै आइतबार प्रहरीले अस्पतालबाट लाश उठाएपछि धर्नामा बस्नेहरु तितरबितर भएका र वडा कार्यालयले वार्ता अस्पतालमा हैन प्रहरी प्रशासनमा गर्नुस् भनेर दुवै पक्षलाई सहजीकरण गरेका कारण वार्ता सफल भएको अस्पतालले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।