१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०७:५४

काठमाडौ । चन्द्रागिरी नगरपालिका १२ सतुङ्गल चोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने काभ्रे वेथानचोक गाउँपालिका(१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना।३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई आर्थिक प्रलोभनमा पार्ने खोजेकोले उक्त रकम सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।