१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एक ब्यक्ती मृत अवस्थामा फेला परे

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०७:५५

कपिलवस्तुको एक होटेलमा रुपन्देही का एक ब्यक्ती मृत अवस्थामा फेला परेका छ्न । जिल्लाको बाणगंगा नपा ४ जितपुर चोकमा रहेको सिजन होटलमा हिजो बिहान नौ बजे देखि उक्त होटलको कोठा न। १०७ मा भाडामा लिई बसेका रुपन्देही कालिकानगर घर बताउने अन्दाजि २८र२९ बर्षका सन्तोष क्षेत्री मृत अवस्थामा फेला परेका हुन। उनि आज बिहान कोठा सरसफाई गर्ने क्रममा कोठाको खाटमा उत्तानो परी मृत अवस्थामा भेटिएको बताइएको छ । मृत अवस्थामा देख्ना साथ होटेल संचालकले प्रहरीलाई खबर गरेका हुन । खबर गर्न साथ ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक आयुष प्रसाद जोशी र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेको कमाण्डमा ५ जनाको टोलि थप अनुसन्धानको लागि खटिईएको थियो । प्रहरीले अनुसन्धान गर्दै जादा कपिलबस्तु बा।न।पा।३ झुगा बस्ने वर्ष ३६ को धुर्वराज पाण्डे सन्तोष संग हिज बेलुका ९स्३० बजे संगै सोहि होटलमा आई बसेको र आज बिहान त्यहा बाट घर गएकोले धुर्वराज पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भै रहेको कपिलवस्तु प्रहरिले जनाएको छ ।