July 5, 2020
9:10 AM | 1:55 PM

राजस्थानकी सुमन मिस इन्डिया घोषित

  17th June 2019 मा प्रकाशित

मुम्बई –राजस्थान निवासी सुमन राव ‘फेमिना मिस इन्डिया २०१९’ घोषित भएकी छन् । शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पर्दै उपाधि हात पारेकी हुन् ।

भारतका हरेक साना तथा ठुला शहरका सुन्दरीहरुको स्पर्धा रहेको प्रतियोगितामा छतिसगढकी शिवानी जाधवले ‘मिस ग्रयाण्ड इन्डिया’ र बिहारकी श्रेया शंकरले ‘मिस इडिन्या युनाइटेड कन्टिनेट्स’ उपाधि हात पारे ।

कलेज अध्यायरत २० बर्षीया सुमनले थाइल्याण्डमा आयोजना हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन् । ‘जव म कुनै बिषेश लक्ष्यका लागि सर्मपित हुन्छु । तव मेरो शरिरको नशा नशा आफ्नो जितका लागि सक्रिय रहन्छन्’ विजेता घोषित भएपछि सुमनले भनिन् ।

बलिउड कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्राङ्गदा सिंह, फेसन डिजाइनर फाल्गुनी शेन पीकाक र भारतीय फुटबलर सुनील क्षेत्रीको प्रतियोगितामा सहभागतिा थियो ।

प्रतिक्रिया