July 4, 2020
12:53 PM | 5:38 PM

‘लभ यु हमेशा’ को फस्र्टलुक

  17th June 2019 मा प्रकाशित

असार २, काठमाडौं÷ प्रेमकथानक फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । भाष्कर प्रधान निर्देशीत फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ ।
आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ ।
निर्देशक भास्करकै कथा,शिब ढकालको छायांकन,एनबि महर्जनको द्धन्द्ध निर्देशन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

प्रतिक्रिया