१२ बैशाख २०८१, बुधबार
Follow Us

पन्द्रहजना कामदारहरुलाई कतारमा सुनको सिक्का इमान

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०८:०५

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत पन्द्रहजना नेपाली, भारतीय तथा बंगलादेशी कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले कम्पनीमा इमान्दारीपुर्वक उत्कृष्ट काम गरेवापत् ५/५ ग्रामको सुनको सिक्का इनाम स्वरुप प्रदान गरेकाछन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो ५/५ ग्रामको सुनको सिक्का हालै प्रदान गरेका हुन् ।
पुरस्कार स्वरुप सुनको सिक्का पाएर खुशीले दङग भएका कामदार मध्येका कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्करमा पदोन्नती भएका मोहम्मद साइदले यस कम्पनीमा काम गरेर कमाएको पैसाले आफनो घरको आर्थिक जोहो राम्रो भएको बताए ।
नासर अल अली इन्टरप्राइसेस कम्पनी आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले कामदारहरु सवैसंग मालिकजस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको कुरा बताए ।
त्यस्तै अर्का इमान्दार कामदार गोपाल बिकले पनि कम्पनीका मालिक असाध्यै सहयोगी मनको भएकोले आफुले प्रवासमा पनि मालिक नभएर अविभावक पाएको बताए ।
आफनो कम्पनीमा कार्यरत् कामदारहरुको दुखसुखलाई नजिकबाट बुझने गरेको र उनीहरुको घर परिवारले सुख पाओस् भन्ने चाहना भएको हुनाले उनीहरुलाई आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेको कम्पनी मालिक आसर अल अलीले बताए ।
आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना
कामदारहरुलाई कुनैैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिकले आफुले मालिकको भन्दापनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनैै समस्या भए अविभावकको रुपमा कामदारहरुको समस्या समाधान गर्न सघाउने गरेको बताए ।

आफुले आफना कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत् व्यवहार गर्ने गरेको बताउदै सवै कामदारहरु सदैव खुशी रहुन् भन्ने चाहेको र उत्कृष्ट काम गर्ने कामदारहरुलाई उचित इनाम दिएर प्रोत्साहन गरिरहने बताउदै आफनो कम्पनीमा कार्यरत् कामदारहरु आफनो देशमा फर्केर जाँदापनि आफनो कम्पनीको याद सधै्र गरिरहोस् उनीहरु सुखी रहुन् भन्ने आफनो इच्छा रहेको उनले बताए ।
समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।