७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेप्टेम्बरमा एनआरएनए नेदरल्यान्ड्सको अधिवेशन

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०८:११

द्रोण रिजाल

नेदरल्यान्ड्स । गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको महाधिवेशन सेप्टेम्बर ८ तारिखमा हुने भएको छ। आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उदेश्यले सेप्टेम्बर ८ तारिखका दिन अधिबेशन गर्ने निर्णय भएको एनआरएन नेदरल्यान्ड्सले जनाएको छ।

नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा एक मात्र मतदान केन्द्र रहनेगरी गर्न लागेको अधिबेशनका लागि नयाँ सदस्यता खुलाउने संघको १३ औँ बैठकले निर्णय गरेको छ ।

गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि) को संयोजकत्वमा सदस्यहरुमा क्रमस: आइसीसी सदस्य नारायण प्रसाद आचार्य र हिमाल गुरुङ, महासचिब जितेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष मिम पुर्जा रहने गरि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

नयाँ सदस्य बन्नका लागि जुन १६ देखि अगष्ट ८ तारिख सम्म समय राखिएको संघका महासचिब जितेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।