१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युवतीको शव झुण्डीएको अवस्थामा फेला

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०७:१६

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डीएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् । रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरे पछि भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।