१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संसदमा नाराबाजी

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०७:३३

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेका छन् । नाराबाजीपछि बैठक बुधबारसम्मको लागि स्थगित भएको छ ।
संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर विरोध बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।
तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायतका नाराबाजी गरेका थिए । विपक्षीको नाराबाजी चर्दै गर्दा ओली भने रोस्टममा मुस्कुराइ रहेका थिए ।