१९ बैशाख २०८१, बुधबार
Follow Us

सन्नी लियोनी गीतमा नाँचेपछि यसो भनिन्

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०७:३५

काठमाडौं–बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म खेल्न पाउँदा गर्व महसुस भएको बताएकी छन् ।
केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् ।
उनलेसामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु ।’ ‘तपाईंहरु मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’ उनले अगाडि लखेकी छन् ‘ म नेपाली फिल्म क्षेत्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’
फिल्म ‘पासवड’को गीतमा उनले नै आइट नृत्य गरेकी छन् । उनको आइटममा अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङको अलवा थुप्रै कोरसले पनि साथ दिएका छन् ।
गीतलाई युट्युवमा मिश्रित प्रतिक्रिया मिलेको छ । थुप्रैले गीतमा सन्नीले गरेको नृत्यको प्रशंसा गरेका छन् । भने, केहीले भने गीतको शब्द नबुझेको बताएका छन् ।
गीतका छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द गीतमा रहेको छ ।
२७ भाद्रबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि सन्नी नेपाल आउने निर्माण टिमले बताएको छ । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम रहेका छन् ।
एडल्ट फिल्मबाट बलिउड प्रवेग गरेकी सन्नीको यो पहिलो नेपाली फिल्म अभिनय हो । उनी नेपाल भने बेलाबेला आइरहेकी हुन्छिन् ।