४ बैशाख २०८१, मंगलवार
Follow Us

भिडियोमा हेर्नुहोस् संसदमा तनाव

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०८:२२

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेका छन् ।

संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर प्रधानमन्त्री अघि विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।

उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्को नाराबाजी गरेका थिए ।

यसैबीच काग्रेस सांसदले नाराबाजी जारी राखेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ।