१३ बैशाख २०८१, बिहीबार
Follow Us

लोकसेवा आयोगको फाराम गर्न असार १७ सम्म सकिने

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार १२:५६

काठमाडौं– स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप भएको छ । यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा लोकसेवा आयोगले एक साता थप गरेको हो ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।
यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ ।