भक्त गुरुङ ।

नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जून १० देखि १२, २०१९ मा भएको ४२ घण्टे बेलायत भ्रमणको उपलब्धीको चर्चा, टिप्पणी र समीक्षा शुरु भएको छ । प्रमका घेराका मानिसहरु यसलाई सफल भ्रमण भनेर अथ्र्याइरहेकाछन् भने आलोचकहरु यसलाई उपलब्धीविहीन भन्दै कम महत्व दिन कोशिस गरिरहेका छन् । म भने यसलाई उच्च महत्वको सफल भ्रमणको रुपमा देखिरहेको छु ।

प्रमको यस भ्रमण निकै छोटो समयको रह्यो । वहाँ जून १० तारिखमा जेनेभाको सम्वोधन सकेर बेलुकीपख लण्डन आईपुग्नुभयो । लण्डनबाट करिब ६० माईल टाढा पर्ने अक्सफोर्ट युनिभर्सिटीमा विद्यार्थी युनियिनले आयोजना गरेको नेपालको लोकतन्त्र विषयको टक प्रोग्रामलाई सम्वोधन गर्न जानुभयो । लण्डनबाट निकै टाढा पर्ने र समयको समेत अभाव रहेकोले सरकारी हेलिकप्टर नै प्रयोग गरेर वहाँ त्यहाँ पुग्नुभयो । योजना बाहिरको खर्च भएकोले यसले भ्रमणको आयोजक बेलायती सरकारीपक्षलाई केहि असजिलो समेत पारिरहेको कुरा प्रष्टै बुझिन्थ्यो । कार्यक्रम सकेर राती १२ वजेतिर मात्रै प्रम दूतावासको सरकारी निवासमा पुग्नुभयो । भोली ११ गते विहान ७ वजेबाटै नेपाली दुतावासमा भेटघाटको क्रम शुरुभयो । वहाँको कुटनीतिक भेटघाटको प्रमुख दिन पनि यहि थियो । लण्डन दुतावासमा विहान १० वजेबाट भुपु गोर्खाहरु, व्रिटेन–नेपाल च्याम्बर अफ कमर्श, नेकपाका कार्यकर्ताहरु, एनआरएन युके र केही विदेशी पाहुनाहरुसंगको छोटो भेटघाट गरी वहाँ सिधै बेलायती प्रधानमन्त्री थेरेसा मेसंगको भेटको लागि १० डाउनिङ स्ट्रिट जानुभयो ।

सोही समयमा प्रिन्स ह्यारी र विपक्षी दल लेवर पार्टीका नेता जेरेमी कोर्वीनसंग भेट्नुभयो । सोही विचमा वहाँ बिबिसीवल्र्डसंगको अन्तर्वार्ताको लागि बिबिसी हेडक्वार्टर जानुभयो । लगत्तै वेष्टमिनस्टरस्थित बेलायती पार्लियमेन्ट भवनमा अन्तर–संसदीय पार्टी युनियनको नेपाल सम्बन्धि समितिले आयोजना गरेको रिसेप्सनमा सम्वोधन गर्न पुग्नुभयो । त्यस लगत्तै वेलायती च्याम्वर अफ कमर्श ग्रुपसंग पार्लियमेन्ट भवनमै निकै लामो छलफल गर्नुभयो र नेपालमा लगानीको कुरा उठाउनुभयो । लगत्तै वहाँ लण्डनबाट करिब ४० माईल पश्चिममा पर्ने स्याण्डहर्सस्थित रोयल मिलिटरी एकेडेमीभित्र रहेको ब्रिगेड अफ गोर्खाजको हेडक्र्वाटर निरिक्षण गर्नुका साथै गोर्खा सैनिकको टुकडीबाट सलामी लिनभयो । सोही दिन राती १२ वजेतिर वहाँ दूतावास फर्किनुभयो । भ्रमणको अन्तिम दिन १२ जूनमा विहानै ८:३० वजे दुतावासले आयोजना गरेको रिसेप्सनमा भाग लिनुभयो । सयौं नेपालीहरु र प्रबुद्ध ब्रिटिश नागरिकहरुलाई वहाँले सम्बोधन गर्नुभयो । लगत्तै विहान ११ वजेको युरोस्टार भुमिगत रेल चढेर वहाँ युरोपका बाँकी भ्रमण सम्पन्न गर्न फ्रान्सतर्फ लाग्नुभयो ।

भ्रमणको उपरोक्त तालिका हेरेर पनि अनुमान लगाउन सकिन्छ कि कति हेक्टिक र व्यस्त थियो वहाँको भ्रमण । समयको छनौटको कुरा गर्दा यो पक्कै पनि प्रमको भ्रमणको लागि उपयुक्त समय थिएन । यसमा पहिलो कारण त बेलायती प्रम थेरेसा मेले बेलायती कञ्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिईसकेकी थिईन । अर्को नेता तथा प्रम छान्नको लागि उनको पार्टीभित्र आन्तरिक चुनावको प्रक्रिया चली नै रहेकोथियो । प्रम मे टोरी पार्टीको नयाँ नेता चुनिएर आउने वित्तिकै आफ्नो पदबाट विदा हुने तरखरमा थिईन । यसखालको कामचलाउ प्रमसंग कुनै पनि दूरगामी महत्वका विषयहरुमा कुरा हुने वा सन्धि–संझौता आदि हुने भन्ने त कुनै गुन्जायसै थिएन ।

दोश्रो कुरा, बेलायती महारानीको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जूनको पहिलो साता बेलायतको राजकीय भ्रमण गरेका थिए । राष्ट्रपति ट्रम्पको भ्रमणको चर्चापरिचर्चा बेलायती राजनीतिक वजारमा अझै सेलाईसकेको थिएन । रानीको दरवार पनि राष्ट्रपति ट्रम्पको भ्रमणलाई सम्पन्न गर्दै भर्खर थकाई विसाउने मूड्मा थिए । तेस्रो कुरा, बेलायत युरोपीयन युनियनबाट छुट्टिने वा उसंगै रहने भन्ने ब्रेक्जिटको मुद्दामा अल्झिएर अकर्मण्य वा किंकर्तव्यविमूड भएर चौवाटोमा अड्किएर बसेको अवस्था थियो । यस्ताखाले विषम परिस्थितीहरुबीच प्रमले आफ्नो भ्रमण छानेका थिए । तसर्थ, यस्तो भ्रमणबाट तत्कालै धेरै उपलब्धि हुन्छ भन्नु त्यति तर्कसंगत हुने त कुरै थिएन । तथापी, छोटो समय अवधि र विषम समयको छनौटको बावजूद पनि यस भ्रमण नेपालजस्तो अतिकम विकसित राष्ट्रको लागि निकै महत्वपूर्ण बन्यो र उपलब्धिमुलक रह्यो भन्दा कुनै अतिसयोक्ती हुँदैन ।

प्रम ओलीको यो भ्रमण करिव दुई दशकपछिको नेपाली प्रमको औपचारिक भ्रमण थियो । यस अर्थमा यो आफैमा महत्वपूर्ण छँदैछ । यस अवधिमा नेपाली राजनीतिमा ठुल्ठुला राजनीतिक परिघट्नाहरु भए । दशवर्षे जनयुद्ध भयो । जसमा हजारौंले बलिदानी दिए । अन्ततः जनयुद्ध र सडक संघर्षको फ्युजनबाट देशमा गणतन्त्र आयो । फलतः धर्मनिरपेक्षता, समावेसिता, समानुपातिक र संघियतासहितको नयाँ संविधान देशले पायो । देशले द्वन्द र क्रान्तिको संक्रमणकालीन राजनीतिक कठिन परिस्थितीलाई पार गर्दै शान्ती–सुव्यवस्था, प्रगती र समृद्धी हाँशिल गर्न दुईतिहाई बहुमतसहितको नयाँ सरकार पाए ।

प्रजातन्त्रकै जननीको रुपमा गनिने बेलायतको राजनीतिक संस्थापनमा नेपालको यो राजनीतिक प्रगतीलाई अपडेट गराउन जरुरी थियो । प्रमको यस भ्रमणले उक्त कामलाई पनि पुरा गरेको छ । यसबाट बेलायतको नीति निर्माण तहको सरकार, बिपक्षी दल, दरवार, सेना, मिडिया, विश्वविद्यालय, उद्योग–वाणिज्य तथा नीजि क्षेत्र र आमनागरिक नेपालको राजनीतिले अब मुर्तता प्राप्त गरेको कुरा अधिकारिक रुपमा नै प्रधानमन्त्रीको मुखबाट जानकार बनेकाछन् । यो कुरा यस भ्रमणको पहिलो महत्वपूर्ण उपलब्धि बनेको छ ।

दोश्रो कुरा, वामपन्थी शक्तिको दुईतिहाई बहुमतसहितको नेपाल सरकारले देशमा विकास र समृद्धीलाई मूल एजेण्डा मानेर “समृद्ध नेपाल, सुखी नेपाली”को नारासहित विश्वकै उच्चतम आर्थिक बृद्धिदर ल्याउने महत्वकांक्षी कार्ययोजनाहरु ल्याएकाछन् । ती योजनाहरु पुरा गर्न सरकारलाई विश्वभरका सहयोगी मित्रराष्ट्रहरुको मद्दत जरुरी हुन्छ । जसको लागि नेपालका दुई छिमेकी मित्रराष्ट्रहरुपछि अति घनिष्ठतम संबन्ध रहेको मित्रराष्ट्र बेलायतसंगको पुरानो दौत्यसम्बन्धलाई यस कार्यमा लगाउन सक्नु नेपालको परम कर्तव्य हुनआउँछ । यस कार्यलाई केन्द्रविन्दुमा राखेर नै प्रमको यो भ्रमण भयो । प्रमको यस भ्रमणबाट नेपाल सरकारले बेलायतको दरवार, सरकार, विपक्षीदल, संसद, सेना, मिडिया, नीजिक्षेत्र, विश्वविद्यालय, र आमनागरिक सबैपक्षबाट अपार माया, सद्भाव र मित्रता प्राप्त गरे ।

यसले नेपाल सरकारलाई आफ्नो लक्ष्यमा अर्जुनदृष्टिकासाथ अघि बढ्न थप आत्मविश्वास दिलाएको छ । साथै, वेलायतको कुनै पनि शक्तिको ढोका नेपाल सरकारलाई हरहमेशा खुल्ला छन् भन्ने स्पष्ट सन्देश पनि उनका आलोचकहरुलाई दिएकाछन् । जसले नेपाली जनता र नेपाल सरकारको आत्मविश्वास, प्रभावकारीता र व्यापक स्वीकारोक्तिलाई बढोत्तरी गरेको प्रमाणीत गरिदिएकोछ । यस कुराले राजनीतिक क्षेत्रमा अति नै महत्वपुर्ण अर्थ राख्दछ ।

तेश्रो कुरा, नेपाल र बेलायतको सम्बन्ध अतिविशिष्ट खालको छ । एक सार्वभौम देशको प्रमले अर्को सार्वभौम मित्रराष्ट्रको माटोमा आफ्नै नागरिक सैन्य–सदस्यहरुबाट सैनिक सलामी ग्रहण गर्नु अति विशिष्ट सम्बन्धको द्योतक हो । बेलायतमा यस्तो अवसर संसारका अन्य कुनै राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई रहँदैन । अमेरिकी राष्ट्रपतिलाई समेत यो अवसर हुँदैन । तर नेपाली प्रमले यसको अधिकार राख्दछ । नेपाली जवानहरु व्रिगेड अफ गोर्खाजमा रही विगत २०४ वर्षदेखि नेपाल–बेलायत सम्बन्धको सेतुको रुपमा काम गरीरहेका छन् । हिजो प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्ध लगायत सयौं युद्धहरु वेलायतले जिते र संसारभर उनको साम्राज्य छायो । बेलायतले लडेका हरेक युद्धमोर्चाहरुमा नेपाल आमाका सन्तानहरुको रगत बगे । वीर गोर्खाहरु १३ वटा भिक्टोरियाक्रस पदवी र हजारौं अन्य उच्च–सैन्य पदवीहरुबाट विभुषित हुँदै, दुईलाखभन्दा बढी नेपाली आमाका सन्तानहरुको बलिदानीले बेलायत राष्ट्र ग्रेट–ब्रिटेनको रुपमा कहलाईयो र संसारमा कहिल्यै पनि घाम नअस्ताउने देशको रुपमा उदाएको थियो । बेलायतको यो वैभव र महाशक्ति बन्नुको एक महत्वपूर्ण हिस्सा नेपाली हो र गोर्खाली हो । नेपाल सरकारले आफ्नो सन्तानको यो वलिदानीपूर्ण योगदानमा गर्भ गर्नुका साथै यसको स्वामित्वको दावी गर्नैपर्दछ ।

गोर्खालीको बीरताले संसार जित्दा बेलायत संसारमा ग्रेट–ब्रिटेन कहलाईए, फकल्याण्ड टापुको स्वमित्व फिर्ता पाए, हङ्गकङ्गमा राज गर्न भ्याए, ब्रुनाईमा सुल्तानको कुर्सि जोगिए, मलेशियामा उनी पक्षको सरकारको कुर्सि थामीए, बेलायतलाई हिटलर र मुसोलिनीको तोपगोलाबाट ध्वस्त बन्नबाट जोगाए, तर युद्ध मैदानमा ढलेका नेपाली सन्तानको बालबच्चा नेपालमा टुहुरा भए, श्रीमतीको सिंउदो उजाडीए, आमाको काख रित्तिए र नेपालको आखाँमा आँशुको बलिद्रधारा बगी रहे । के नेपाली प्रमको वेलायत भ्रमणले यो ऐतिहासिक विरासतलाई बोकेको छैन? स्याण्डहर्समा नेपाली सन्तानका छोराहरुबाट नेपाली प्रमले सलामी लिईरहँदा हिजो युद्धमैदानमा जीवन अर्पेका वीर गोर्खालीहरुको आत्माले शान्ती पाएनन होला? के ईटालीका जंगलका शिलालेखहरुमा कुँदिएका नेपाली आमाका सन्ततीका आत्मामा शान्ती मिलेनन् होला? प्रमको यो भ्रमण यस अर्थमा पनि अति महत्वको बन्यो ।

चौथो कुरा, प्रमको बेलायत भ्रमणको बेला सिंगो बेलायती नेपाली समुदाय तरंगित रह्यो । अठारवर्षपछि नेपाली प्रमको भ्रमण भएकोले यसप्रति नेपाली समुदायमा उत्सुकता जाग्नु स्वभावीक पनि थियो । चाहे लण्डन वरपरका नेपाली हुन् चाहे मिडल्याण्डका वा नर्थतिरका हुन्, चाहे वेल्स, आयरल्याण्ड र स्कटल्याण्डका हुन्, चारैतिरका नेपाली समुदायमा आफ्नो नेपाली प्रमको भ्रमण सफल बनुन् भन्ने सदिच्छा प्रकट भईरहेकै थियो । यसले नेपाली समुदायबीचमा एकता र सदभावना अभिवृद्धिमा ठुलो भुमिका खेल्यो ।

प्रमलाई एनआरएन युकेले नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण भुमिका खेलेको, देशमा समावेसी, धर्मनिरपेक्ष र संघियतासहितको नयाँ संविधान दिएको, देशमा दुईतिहाईसहितको स्थिर सरकार बनाई देशलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अगुवाई गरेको भनी सम्पूर्ण बेलायतवासी नेपाली समुदायको तर्फबाट नागरिक अभिनन्दन ग-यो । यो केवल चाँदीको फ्रेमभित्र कुँदिएका फोस्रा अक्षरहरु मात्र थिएनन्, नत कोटमा सजाउने गोर्खालीसान क्रसखुकुरीको तिनतोला सुनको ब्याजमात्र थियो, यो त बेलायतभरी बस्ने डेडलाख नेपालीहरुको साझा भावनाको प्रतिक थियो । यस अर्थमा यो भ्रमण अति नै महत्वको रह्यो ।

पाँचौ कुरा, भ्रमणको समापनपछि नेपाली विदेशमन्त्री प्रदिप ज्ञवाली र वेलायती विदेशमन्त्री जेरेमी हन्टले निकालेको संयुक्त विज्ञप्तिलाई नै हेरौं । यसमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्धलाई व्यापक, उर्जावान र विविधता भएको सम्बन्ध भनेको छ । यस भ्रमणले सम्बन्धलाई अझ प्रगाढ बनाउन र सामुहिक उद्देश्य, आपसी हित र चासोको परिपुर्तिको लागि छलफल गर्दै जाने कुरालाई उच्च प्राथमिकताकासाथ पहिलो हरफमै उल्लेख गरेको छ । विज्ञप्तिले गोर्खालीहरुको महत्वलाई उच्च प्राथमिकता दिई गोर्खाहरुको अतुलनीय योगदानको उच्च कदर गरेको छ । गोर्खालीहरुले नेपाल–ब्रिटेन सम्बन्धको महत्वपूर्ण सेतुको काम गरेको कुरालाई उल्लेख गर्दै उनीहरुको चासोको विषयलाई भविष्यमा निरन्तर छलफल गरिरहने कुरालाई उच्च प्राथमिकतासहित बिज्ञप्तिमा समेटेको छ ।

संयुक्त विज्ञप्तिमा नेपालको “समृद्ध नेपाल, सुखी नेपाली” को एजेण्डालाई आत्मसात गरी दुवै देशबीचको पारस्परिक उद्देश्य, व्यापार र लगानीको कुरालाई अझ मजबुत बनाउदै लैजाने र दोहोरोकर प्रणालीलाई अन्त्य गर्ने कुरामा महत्वपूर्ण समझदारी बनेको उल्लेख छ । विज्ञप्तिमा नेपालले निकट भविष्यमा नै अतिकम विकसित राष्ट्रबाट ग्राजुयट हुने र सन् २०३० भित्र दिगो विकासको लक्ष्य पुरा गर्न बेलायत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने कुरा उच्च महत्वकासाथ उल्लेख गरेको छ ।

बिज्ञप्तिमा बलियो साझेदारीलाई भविष्यमा अघि बढाउँदै नेपालका दुई देशका युवाशक्तिलाई एकाकार गर्न ब्रिटिश काउन्सिल र नेपालको शिक्षा जगतले खेलेको भुमिका, बेलायत सरकारको नेपालको महिला शिक्षा परियोजना, बेलायतको ए लेवललाई नेपालले मान्यता दिएको कुरालाई उच्च महत्वकासाथ उठाइएको छ । विज्ञप्तिमा दुई देशले पिपल टु पिपलको सम्बन्धलाई अघि बढाउने, नेपाल सरकारले अघि सारेका भिजिट नेपाल २०२० को अभियानलाई सफल बनाउन धेरै बेलायती पर्यटकहरुलाई आकर्षण गरी नेपालको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्ने कुरा उल्लेख छ । विज्ञप्तिले बेलायतमा रहेको नेपाली डायसफोराले बेलायतको आमजीवनमा पु¥याएको योगदानलाई हार्दिक स्वागत गरेको छ । यसरी यो भ्रमण एक सफल भ्रमण रहेको छ ।

प्रमको भ्रमण यूरोपतिरको आँखा झिम्काई

म्यानचेष्टर युनाईटेडबाट फुटवल खेलेका क्रिष्टियानो रोनाल्डोले वार्सिलोनामाथी गोल गरेपछि आफ्नो एउटा आँखा झिम्काए । उनको आँखा झिम्काई फुटवल वल्र्डमा निकै चर्चित बने । खेल मैदानमा ट्याकल गर्नेले गरिरहेकै थिए, डिफेन्डरले डिफेन्स गरिरहेकै थिए र गोलकिपरले गोल रोक्न भरमग्दूर कोशिस गरिरहेकै थिए । तथापि गोलपोष्टको सानो प्वालबाट छिरेर बलले नेट चुमी छाडे । उनको यो आँखा झिम्काई आफ्नो कौशलतामा आत्मगौरवको प्रस्तुती थियो । प्रम केपी ओलीको प्रसंगमा पनि यही कुरा लागु हुन्छ ।

वहाँलाई सरकार चलाउन सहज छैन । पार्टीभित्रका हुन् वा विपक्षी, सबैबाट घेराबन्दी कसेकैछन् । उहाँलाई कमजोर पार्न यूरोपियन युनियनका राजदूतहरुलाई विज्ञप्ती निकाल्न लगाए, डाबोसको फोरममा लण्डनबाट निस्कने फाईन्सियल टाईम्सका सम्पादक मार्टिन उल्फलाई प्रम ओलीमाथी निरंकुश बन्न खोजेको कुरा उठाउन लगाए, चाईनीज सिसिटिभीका याङ्ग रीलाई यूरोपका मुलधारका सरकारहरु र तपाईको सरकार एउटै त हुन् नी भन्न लगाए, कहिले भारतपरस्त भने कहिले भारत बिरोधी, कहिले चाईनापरस्त त कहिले चाईनाविरोधी, कहिले पश्चिमाको डलरमा होली वाईन खाएको त कहिले पश्चिमाले यिनलाई टेरपुच्छर लाउदैनन् भने, कहिले एशिया प्यासिफिक स्ट्रयाटेजीमार्फत अमेरिकाको पोल्टामा घोप्टिए, कहिले बिआरआईमार्फत चाईनाको नेटभित्र छिरे भने, कहिले भेनेजुयलाको असान्दर्भिक कुरामा अल्झिन लगाए, कहिले आधाआधी भागबन्डाको बेमौसमी बाजा बजाउन लगाए ।

यस्ता असिमित घेराबन्दी तोड्दै नवयुगको अभिमन्यु बनेर उनि देश हाँकिरहेकैछन् र संसारको भुगोल नापीरहेकै छन् । उनी देश बाहिर निस्कँदा वेलायतको नम्वर टेन डाउनिङ्ग स्ट्रिटको ढोका खुलेरै छाडे, बेलायती दरवारको ढोका उघ्रिएरै छाडे, फ्रेन्च ऐलेजी प्यालेसले स्वागत गरेरै छाडे र यूएनको बिश्वमञ्चमा बुलन्दित आवाज घन्काएर छाडे । अझै उनको गति रोकिएको छैन । यो त रोनाल्डोले वार्सिलोनातिर आँखा झिम्काए झै प्रमले यूरोपतिर एक आँखा झिम्काएकै हुन् । यस अर्थमा प्रमको यो भ्रमणले दूरगामी महत्व राखेको छ । यसमा हामी सबै नेपालीले गर्भ गर्नै पर्छ ।
– भक्त गुरुङको फेसबुकबाट साभार