१५ चैत्र २०८०, बिहीबार
Follow Us

पार्टी एकताको उद्देश्य देशको मुहार फेर्नु हो : नेता रावल

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार १६:४२

अछाम–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् ।

जिल्लाको कमलबजारमा आज आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताए । उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए ।

नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट नेपाली काङ्ग्रेस डराएको टिप्पणी गर्दै उनले हालै अछामको जयगढमा आएका भारतीय प्रहरी र उनीहरुका गतिविधिको कडा शब्दमा आपत्ति जनाए ।
कुनै पनि स्वतन्त्र देशमा अर्को देशको सेना, प्रहरी आएर कुनै पनि गतिविधि गर्न नपाउने भन्दै उहाँले त्यस्ता गतिविधिविरुद्ध हरेक देशभक्त अग्रसर हुनुपर्नेमा जोड दिए ।