१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सकियो महायोग ध्यान साधना

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार १३:५८

चितवन । रामानान्दचार्य सेवा पिठ सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनमा संचालित ५ दिने योग ध्यान साधना शिविरको सम्पन्न भएको छ ।भरतपुरको महाकालेश्वर शिब मन्दिर प्रागढमा संचालन गरिएको महायोगको विहिवार एक कार्यक्रमको आयोजनागरी समापन गरिएको हो ।
समापन कार्यक्रममा रामानान्दचार्य सेवा पिठका उपाध्यक्ष श्री श्री १००८ श्री वैण्णव कृण्णदास जी महाराजका उतराधिकारी गोविन्द बाबु तीवारीले सिद्धमहायोगको महत्व ,गुरु परम्परा लगायत महायोगको महिमासम्बन्धमा प्रवचन गर्नु भएको थियो । उहाले ४ सय वर्ष अघिसम्म नेपालमा अत्यन्त लोकप्रिय महायोग साधना वर्तमानमा लोप्त भइसकेको बताउनु भयो । मानव ेको सार्थकताको बोध गराउने ब्हमज्ञान स्वरुपको महायोगलाई रामानान्दचार्य पिठका अध्यक्ष समेत रहनु भएका सिद्धबाबाल जनजनमा फैलाउने अभियान अनुसार नै देशव्यापी महायोग शिविर भइरहेको जनाउनु भयो ।
साधना केन्द्र चितवनका सचिव जनकबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मी, महाकालेश्वर शिव मन्दिर सतंसग समितिका उपाध्यक्ष टिकानिधी ढकाल ,केन्द्ध चितवनका ,हरीश न्यौपाने, जानुका पराजुली लगायतकाले आफ्नो धारण ब्यक्त गरेका थिए । शिविरमा सहभागी साधक तुलसा क्षेत्री,ईश्वरी चन्द्ध कोइराला, यशोधा सापकोटा लगायतले महायोग का बारेमा आआपनो अनुभव सुनाउनु भएको थियो ।
गत आइतवार देखि चितवनका ४ स्थान सो साधना सञ्चालन भएको थियो । केन्द्धीय उपाध्यक्ष तिवारी सहित केन्द्ध कै आनन्द प्रिया महाराज , बुद्ध शाक्य श्याम शरण प्रजापति ,शिवराज पौडेल, र रामकुमार सिंहले ध्यान साधना शिविरमा सहजीकरण गर्नु भएको थियो ।प्रथम चरणको सो साधना शिविरमा ४ स्थानका मा गरि ६ सय ५४ जनाले सहभागी भएका थिए ।