११ बैशाख २०८१, मंगलवार
Follow Us

निगम डुबाएर जहाज निजी कम्पनीलाई भाडामा दिने योजना

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०५:३९

काठमाडौं–नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा बेहोरेको छ। त्यससता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–कम्पनी निरन्तर घाटामा गइरहेको बेला निगम थप डुबाएर जहाज निजी कम्पनीलाई भाडामा दिने योजनामा रहेको छ ।
टेन्डर हत्याउन अदालतको सहारा, अर्ब ३७ करोडको खेल
काठमाडौं–दूरसञ्चार कम्पनीहरुको कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणका अनुगमन उपकरण खरिदका क्रममा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुने गरी टेन्डर हत्याउने खेल सुरु भएको छ ।
दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा १ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्नेगरी खेल सुरु भएको हो । आजको कान्तिपुर दैनिकका अनुसार टेन्डर हत्याउन अदालतको सहारा लिइएको छ ।