८ बैशाख २०८१, शनिबार
Follow Us

भारतले असारमा मल दिन नसक्ने

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०५:४०

काठमाडौं– सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरेपनि तत्काल आउन सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्राmय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् ।
मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो ।
ममुख्यबाली सिजनमा वर्षेनी मलको अभाव हुनेगरेको छ । यो वर्षपनि मलको चरम अभाव रहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।