१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवाले संसदमा भने सरकारले प्रतिपक्षलाई हेप्यो

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०७:५२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख संग समय लिएर बोल्दै संसदीय दलका नेता शेर बहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताएका हुन् ।
उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।
उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए ।

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफुहरुले बोल्नका लागि मात्रै समय मागरेको बताए ।