१३ बैशाख २०८१, बिहीबार
Follow Us

साउथ ईस्ट लण्डनमा एनआरएन यूकेको लागि ३ उम्मेदवार

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०८:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको चुनावी माहोल तात्दै जाँदा साउथ ईस्ट लण्डनको प्लमस्टिडबाट तीजना आकांक्षीले एकसाथ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार गेसो हल प्लमस्टिडमा घोषणासभा आयोजना गर्दै अर्कराज तिम्सिनाले आइसिसी सदस्य, सुरोज मास्कले उपाध्यक्ष र जित रानाभाटले सचिव पदमा उम्मेदवारी घोषणा गरे ।

आइसिसी सदस्यका उम्मेदवार अर्कराज तिम्सिना एनआरएन यूके वर्तमान कार्यसमितिमा सदस्य छन् । संस्थाको बुद्धिजिवी विभागका संयोजक उनले दुई वर्षअघिको निर्वाचनमा सदस्य पदमा सबैभन्दा बढि मत प्राप्त गरी विजय हासिल गरेका थिए । ६९ वर्षीय तिम्सिना एनआरएन यूकेमै सबैभन्दा ज्येष्ठ उम्मेदवार पनि थिए ।

उपाध्यक्षका उम्मेदवार मास्के अहिले एनआरएन यूके कार्यसमितिमा सचिव छन् । एनआरएन यूके बिजनेस प्रबद्र्धन विभागको संयोजकको जिम्मेवारी अहिले उनकै काँमा छ ।

सचिवमा उम्मेदवारीको घोषणा गर्ने रानाभाट पनि वर्तमान कार्यसमितिमा सदस्य छन् । उनले विद्यार्थी समन्वय विभागको संयोजकको जिम्मेवारी समेत सम्हालेका छन् ।

साउथ ईस्ट लण्डनका नेपालीहरुको साझा संस्थाका रुपमा रहेको रोयल ग्रिनविच नेपाली सोसाइटीका महासचिव पनि हुन् ।

एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य मोहन गुरुङ , पूर्व आइसिसी सदस्य विनोद ज्ञवाली, एनआरएन यूके सललाहकार एवम आइएनएस यूके अध्यक्ष ले। चन्द्रबहादुर गुरुङ, साउथ ईस्ट तमु धिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ , आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ , पासा पुच साउथ ईस्टका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठ लगायतका एनआरएन अभियन्ता र संघसंस्थाका प्रतिनिधिले उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।

कार्यक्रमको सञ्चालन पासा पुचः साउथ ईस्ट यूके अध्यक्ष सुशील प्रजापतिले गरेका थिए । बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले सहभागीहरु सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।