July 8, 2020
4:18 AM | 9:03 AM

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

  19th June 2019 मा प्रकाशित

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं चक्रपथ बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका ९ घर भएका ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा प्रहरीले बा ४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको छ ।

प्रतिक्रिया