१५ चैत्र २०८०, बिहीबार
Follow Us

लोकतन्त्रलाई बद्नाम गर्ने काम कसैबाट नहोस्ः प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार १६:०८

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम गर्ने काम कसैले हुन नहुने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने पनि बताएका छन् ।
“हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “निस्पक्षता,स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताएका छन् । “सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने, “राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले कसैले गल्ती ग¥यो भन्ने ठाउँ दिन नहुने बताउनुभएको छ । “सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु ” प्रधानमन्त्री ओलीले भने, “कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने बताए ।