१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीले उपत्यकावासीलाई मूर्तिचोर भने पछि…….

नेपालब्रिटेन डट कम्
५ असार २०७६, बिहीबार १४:१४

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले गुठी विधेयक फिर्ता लिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले खबदारीसभा भव्य र मर्यादित भएको पनि बताए ।
उनले भने,‘गुठी विधेयक फिर्ता भएको छ । मैले यही सदनमा गुठी विधेयक फिर्ता नभए अवस्था भयाभव हुन्छ भनेको थिएँ । तर गुठी विधेयक फिर्ता भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । उपत्यकाबासीले हिजो अत्यन्तै मर्यादित र अनुशासित खबदरी सभा गरेको छन् । म उपत्यकाबासीलाई पनि धन्यवाद दिन चाहन्छु ।’
यद्यपी प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा उपत्यकावासीमाथि मूर्तिचोरको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे ।
‘पत्रकार सम्मेलनमा जुन शब्द प्रधानमन्त्रीज्यूले भन्नुभयो । म यहाँ शब्द राख्न चाहन्नँ । मूर्तिचोरसम्मको लाल्छना लगाउनु भयो । यसले उपत्यकावासी अत्यन्त दुःखी भएका छन् ।’