७ बैशाख २०८१, शुक्रबार
Follow Us

कमल पौडेलले एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
५ असार २०७६, बिहीबार १६:०२

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी सेप्टेम्वरमा हुने निर्वाचनमा लण्डनस्थित एक व्यवसायी कमल पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । आइएमई लण्डनका प्रमुख पौडेलले एनआरएनए युकेको नवौँ अधिवेशनका लागि उम्मेदवारी दिन लागेका हुन् ।
पौडेलले लामो समय देखी रेमिट्यान्सको व्यवसाय गर्दै आएका छन् । सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।

उनको नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ । पौडेल एनआरएनए युकेको दुई कार्यकालदेखि सल्लाहकार छन् ।

नेपालको बाग्लुङमा जन्मिएका पौडेल विदेशमा रहेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिमा रहेर समाजसेवा गर्ने उदेश्यले आफ्नो उम्मेदवारी अघि सारेको बताउछन् ।