१५ बैशाख २०८१, शनिबार
Follow Us

नक्कली भ्याट बिल बनाएर तीन अर्ब कर छली

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०३:२४

काठमाडौं– नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
मुख्य अभियुक्त सुनसरी इनरुवाका गोपाल प्रसाद भट्टराई र विराटनगरका रिम्मरध्वज कार्की, दुई कर सहयोगी र तीन लेखापालसहित १५ विरुद्ध बिगोको दुई गुणा जरिवाना र जनही तीन वर्ष कैद माग गर्दै बिहीबार मुद्दा दायर भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।