८ बैशाख २०८१, शनिबार
Follow Us

सुरुङमा थुनिएका ६ चिनियाँसहित १७ कामदारको सकुशल उद्दार

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०३:४२

काठमाडौं– सुख्खा पहिरोका कारण सुरुङमा थुनिएका सबै १७ मजदुरको सकुशल उद्दार गरिएको छ ।
रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत मजदुर गएराती ८ बजेतिरदेखि थुनिन पुगेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा उनीहरुको आज बिहान ७ बजे उद्दार गरिएको रसुवाका प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालले जानकारी दिए ।

उनका अनुसार ६ चिनियाँ र ११ नेपाली कामदार गरी १७ जना सुरुङभित्रै थुनिएका थिए । सुरुङको बाहिरीभागमा सुख्खा पहिरो गएको थियो ।