१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले यान्त्रिक हलो वितरण

sarusaru
६ असार २०७६, शुक्रबार ०५:४४

कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार यान्त्रिक हलो वितरण गरेको हो । वडाले साविकको अमलाचौर गाविसका नौ वडामा कृषक समूह बनाएर हलो वितरण गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताए ।

एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ । गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ ।
जनमञ्च