८ बैशाख २०८१, शनिबार
Follow Us

याङग्री र लार्के आयोजना अघि बढाउने तयारी

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०५:५३

मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्केको सुरुङ लगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।
मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारी समेत गरेको छ ।
परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो ।

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७—१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ ।

मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।