७ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्री पद्मा अर्याल पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको आरोप

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०५:५९

काठमाडौँ– गुठी विधेयकका कारण विवादमा तानिएकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लागेको छ ।

लेखक र पत्रकार समेत रहेका मधुसुधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले उनी रेस्टिकेट भएको पुष्टि भएको हो । उनले यस्तो कमेन्ट लेखेका –
लेखक पाण्डेले भने, ‘मैले कमेन्टमा लेखेकै हो । मैले उनलाई रेस्टिकेट पनि गरेकै हो । कुरा २०५१ सालको हो । म क्याम्पस प्रमुख थिएँ, केन्द्राध्यक्ष पाल्पाका दुर्गाप्रसाद पाण्डे हुनुहुन्थ्यो । परीक्षा दिइरहेका बेला पद्माले चिट चोरेको भेटेपछि उनलाई रेस्टिकेट गरिएको हो ।’

कलेजबाट रेस्टिकेट भएपछि पद्माले वालिङ क्याम्पसमा फारम समेत नभरेको उनले बताए । आफू २०५४ सालसम्म त्यहाँको क्याम्पस प्रमुख हुँदासम्म अर्याल उक्त क्याम्पसमा नआएको उनले जानकारी दिए । क्याम्पसबाट रेस्टिकेट भएपछि उनी सक्रिय रुपमा राजनीतिमा लागेको दाबी गरे ।

२०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी भएपनि २०५४ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट वडासदस्यका रुपमा विजयी भएकी थिइन् । उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय बनिन् ।