१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार १४:०९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने भएकी छन् । पेसाले नर्स तथा बेलायतको नेपाली डायस्पोरामा कलाकार र मोडलको राम्रो परिचय बनाएकी
छन् ।
कंडेलले सामाजिक सेवाभावले संघको आगामी सेप्टेम्वरको दोस्रो साता हुने निर्वाचनमा यूके महिला संयोजकमा आफ्नो उमेद्वारी दिने घोषणा गरेकी हुन् ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष तथा एनआरएनए यूके सल्लाहाकार कंडेलले सामाजिक हित र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो उमेद्वारी जनाउने भएकी हुन् ।

सन् २००५ बाट यूकेमा रहंदै आएकी कंडेल क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट तथा रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलेप्मेन्ट एन्ड हेल्थ एन्ड सेफ्टी प्रतिनिधी पनि हुन् ।

भिजिट नेपाल २०२० को महिला कमिटीमा पनि रहेकी कंडेल नेप्लिज वुमन एसोसिएसन युके र नेपलिन ब्लड डोनर्स यूकेको महासचिव पदमा रहेर पनि काम गरिसकेकी छन् । हाल वुमन एसोसिएसन सदस्य समेत रहेकी उनि कुनै व्यक्तिगत् स्वार्थका लागि नभई एनआरएनए यूकेमा महिला सहभागिताको महत्व र नेतृत्व क्षमतालाई सामुदायिक हितमा प्रयोग गर्ने उद्येश्यले चुनावी मैदानमा उत्रने भएकी हुन् ।

धादिङमा जन्मिएकी प्रसुना कंडेल नेपालमा गएको बिनासकारी भुकम्पमा पनि नेपालका काठमाडौं, सिन्धुपाल्चोक, भक्तपुर लगायतका नौ वटा जिल्लामा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको तर्फवाट खटिएकी थिईन् । माईती नेपाल, मानव सेवा आश्रम, रेन्बो चाईल्ड फाउण्डेसन, रत्न अश्रम लगायताका मानव परोपकारी संस्थाका लागि थुप्रै पटक काम गरेकी उनी हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषका लागि समेत संयोजकका रुपमा काम गरेको अनुभव सहित यस पटकको एनआरएनए यूके महिला संयोजकमा बलियो प्रत्यासीका रुपमा खडा हुने भएकी छन् ।

नेपाली कलाकारिता क्षेत्रमा राम्रो कलाकारका रुपमा चिनने उनि उनले फिचर फिल्म, सर्ट मुभी, म्युजिक भिडियो, र्याम्प तथा बिभिन्न म्यागेजनिका लागि काम काम गरिसकेकी छन् ।

कलाकारिता क्षेत्रबाट कयौं पटक अवार्ड प्राप्त यि कलाकार बेलायत प्रवेसको सुरुवाती दिनबाट नै सामाजिक सेवामा निरन्तर सक्रिय रहंदै आएकी छन् । कंडेल नेपालब्रिटेन डट कमद्धारा मिडिया प्रसनालिटी अफ दी यर २०१५ ले सम्मानित भएकी थिइन् ।