८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस उपसभापति निधीद्धारा डेनमार्कमा पार्टी कार्यकर्ता भेलाको उद्धघाटन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार १६:५९

लण्डन– नेपाली कांग्रेसको आयोजनमा डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले उद्धघाटन गरेका छन् ।
निधीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षणको उद्धघाटन गरेका हुन् ।
कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्।

यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगेका छन् ।
प्रशिक्षणमा भाग लिन युरोपका १५ राष्ट्रिय समिति सहित भारत, मकाउ, हंङ्गकंङ, कोरिया, अमेरिका, जापान, क्यानाडा, कतार, कुवेत लगायत विश्वभर छरिएका नेपाली कांग्रेसको महासमिति तथा महाअधिवेशन प्रतिनिधिहरु डेनमार्कमा भएका छन्।

सो प्रशिक्षणको लागि नेपाली कांग्रेसले प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललाई खटाएको छ।