१५ बैशाख २०८१, शनिबार
Follow Us

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार १७:०९

 

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित एक टोली असार ६ गते बिहान घटनास्थल प्रस्थान गरेको छ ।

लालबन्दी नगरपालिका-१ मा रहेको जङ्गलमा दुई वटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो ।

टोलीले विभिन्न माध्यमबाट संकलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने जनाइएको छ ।