१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काँग्रेसले बोलायो बैठक, यी हुन् छलफलका ४ एजेण्डा

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार १७:५७

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ गतेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेमा बस्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यको उपस्थिति रहने छ ।

बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।
जुन यसप्रकार छः

१. नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल,
२. राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा,
३. भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा,
४. समसामयीक राजनीतिक विषयका सन्दर्भमा ।