७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेशम चौधरी नेल काण्डमा प्रधानमन्त्रीको निर्देशन

नेपालब्रिटेन डट कम्
७ असार २०७६, शनिबार १२:०७

काठमाडौं–राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।