१२ बैशाख २०८१, बुधबार
Follow Us

लेबोर पार्टीको स्थानीय कार्यसमितिमा नेपाली निर्वाचित

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७३, शनिबार ०६:०७

लन्डन । बेलायतमा आप्रवासीको बढदो आगमन संगै बेलायती राजनीतिमा उनीहरुको उपस्थिति पनि बढ्दो छ । बेलायती सरकारमा आप्रवासीहरुको उपस्थिति त छदैछ, लण्डनको प्रभावशाली मेयर तथा स्थानीय काउन्सिलमा पनि राम्रो उपस्थिति देखिइसकेको छ । यसबाट नेपाली समुदाय पनि टाढा छैनन् , नेपालीहरुले काउन्सिलर, उपमेयर हुदै मेयर समेत भैसकेका छन् । साथै हाल आएर पार्टीको नीति निर्माण गर्ने कार्यसमितिमा पनि उपस्थिति देखिन थालेको छ । यसै सन्दर्भमा भर्खरै सम्पन्न बेजिंगस्टोक लेबोर पार्टीको अधिबेशनबाट कार्यसमितिमा शिवजी श्रेष्ठ अल्पसंख्यक इथ्निकको प्रमुखको रुपमा पुन: निर्वाचित भएका छन् । स्थानीय निर्वाचनको उम्मेदवार छनौट समितिमा समेत बसेर काम गरिसकेका शिवजी श्रेष्ठलाइ बन्द सत्रले सर्बसम्मत रुपमा पुन: निर्वाचित गरेको हो ।