४ बैशाख २०८१, मंगलवार
Follow Us

मध्य पूर्वको ओमनमा एनआरएनएएको भेला

नेपालब्रिटेन डट कम्
७ असार २०७६, शनिबार १४:५०

ओमन । गैर आवासीय नेपाली संघ (एनआरएनएन) ओमानको महाधिवेशन आगामी हप्ता हुने भएको छ ।

गैरआवासीय नेपाली संघ ओमानका अनुसार संघ अधिवेशन यही जुन २८ तारिख हुन लागेको हो ।
संघको आगामी अक्टोवर १३ देखि १६ तारिख काठमाण्डौंमा हुने विश्वसम्मेलनको तयारीको लागि एनआरएन राष्ट्यि समिति ओमानको अधिवेशन हुन लागेको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघका नेताहरु समेत सहभागि हुने भएका छन् ।
कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आरके शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, सचिव डिबी कार्की लगायतको उपस्थिती रहने बताएको छ ।