१५ बैशाख २०८१, शनिबार
Follow Us

डेनमार्कमा काँग्रेस उपसभापतिको बर्षगाँठ,दम्पतीले गीत सुनाए (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
७ असार २०७६, शनिबार १९:०३

कोपेनहेगन। परिबारसहित डेनमार्कमा रहेका नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले २८औं बर्षगाँठ मनाएका छन्। नेपाली जनसम्पर्क समितिले डेनमार्कले बर्षगाठको अबसरमा केकको चाजोपाजो मिलाईदिएको थियो। श्रीमती अनामिका निधि र परिबारसहित उनि युरोपभ्रमणमा छन्। नेता कार्यकर्ता माँझ निधि दम्पतिले पुराना दिनहरुको यादमा एक अर्कालाई समर्पित गर्दै गीत समेत सुनाए।

अनौपचारिक रुपमा कार्यक्रम गरिएको भएपनि बाताबरण उल्लासमय रहेको एक प्रतिनिधिले बताए। नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेलालाई निधिले शुक्रबार कोपनहेगनस्थित रिचमण्ड होटलमा उद्घाटन गरेका थिए। लगत्तै नेपाली जनसम्पर्क समिति डेनमार्कले चौधौं बार्षिकोत्सब मनायो।

बार्षिकोत्सब समापन हुँदै गर्दा मञ्चबाटनै उद्घोष भयो,” यस कार्यक्रमको समापनसँगै पार्टी उपसभापतिको २८औं बर्षगाठ पुगेको अबसरमा जनसम्पर्क समिति डेनमार्कको तर्फबाट बधाई सहित केक काटेर सामुहिक रुपमा मनाउने ब्यबस्था गरेका छौ। सहभागिताका लागि अनुरोध गर्दछौ।”

निधी दम्पतिलाई महामन्त्री शशांक कोइराला,पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, भिष्मराज आङ्गदम्बे,धनराज गुरुङ्, गोविन्द भट्टराई लगायत नेताहरुले सफल दाम्पत्य जीवनको शुभकामाना दिए। भेलामा सहभागि एकप्रतिनिधिले भने यस्ता गतिबिधिले गलत सन्देश जाने हुँदा पारिबारिक रुपमा नै मनाएको भए राम्रो हुने प्रतिक्रिया दिएका छन्।