७ बैशाख २०८१, शुक्रबार
Follow Us

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार ०३:२६

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ ।

प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी) लाई सम्झौताका लागिआउन पत्राचार गरेको छ । यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्यांक सुरक्षित गर्न नसकेको आरोप छ ।

मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । यो कम्पनीले व्यवस्थापन गरेका कम्तीमा एक दर्जन दूरसञ्चार सेवा प्रदायकका उपभोक्ताको मोबाइल नम्बर, आईएमईआई नम्बर र घर–ठेगाना विवरण सन् २०१४ मा चोरी भएको थियो । कान्तिपुरमा खबर छ ।