१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजधानीमा रगत अभाव, बिरामीको बिचल्ली

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७३, शनिबार ०६:१०

काठमाडौं । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे ।

अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार उनी रगत राख्ने भाँडो बोकेर छट्पटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो ।

इन्द्रको आडैमा छट्पटाइरहेका रामेछापका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् ।

मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए उनी । सबैभन्दा धेरै रगत संकलन र वितरण गरिरहेको केन्द्रमा एक सातादेखि रगतको स्टक शुन्य छ ।
– अन्नपूर्ण पोस्टबाट