१५ बैशाख २०८१, शनिबार
Follow Us

साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा एक नेपालीको मृत्यु

sarusaru
८ असार २०७६, आईतवार ११:२२

युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा युएईमा एक नेपालीको मृत्यु भएको छ । विदामा घर फर्कन लागेका ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बुकाे मृत्यु भएको हो ।

बुधबार एयर अरेबीयामार्फत युएई ट्रान्जिट हुँदै नेपाल फर्कँदै गरेका लिम्बुले युएईको सारजा विमानस्थलको प्रतीक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए । त्यसपछि विमानस्थलबाट प्रहरीले उनलाई उपचारका लागि अस्पताल पुर्याएको थियो ।

उनको सारजास्थित अल कुवेत अस्पतालको आइसीयु कक्षमा राखेर उपचार भैरहेको थियो। तर उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

उनको मेडिकल रिपोर्टमा उनी जन्डिसको सङ्क्रमणले अन्तिम अवस्थामा पुगेको र दुवै मिर्गौला खराब भएको चिकित्सकले बताएका छन् ।

५ वर्षअघि श्रीमतीको निधन भएपछि लिम्बु नेपालमा दुई छोरीहरूलाई छाडेर साउदी पुगेका थिए । तर दुई छोरीमध्ये जेठी छोरीको गतसाल निधन भएको थियो ।
डिसी नेपाल