१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौँबाट बझाङ जाँदै गरेको बस दुर्घटना ;१७ यात्रु घाइते

sarusaru
८ असार २०७६, आईतवार ११:३४

काठमाडौँ । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान दुर्घटनामा परेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताएका छन्। अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

बस कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घटनाबारे पूर्ण विवरण आउँन बाँकी ।
डिसी नेपाल