१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनको भाउमा नयाँ रेकर्ड, तोलामा ६५ हजार

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १२:४०

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको छ। यसअघि शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ७४० मा कारोबार भएको छ ।